पक्राउ परेकी स्वास्थ्य राज्यमन्त्री वलीलाई अनुसन्धाका लागि बुटबल लगियो

   १ असार २०७९, बुधबार ११:४९  

१ असार, रौतहट । पक्राउ परेकी स्वास्थ्य राज्य मन्त्री विमला वलीलाई अनुसन्धानका लागि दाङबाट बुटवल लगिएको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिकास्थित आलुमण्डी घर भएकी एक महिला र उनकी छोरीमाथि हातपात गरेको आरोपमा मंगलबार लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्य मन्त्री वलीलाई हिरासतमा लिएको थियो ।

मीना भण्डारी बस्नेतको घरमै गएर राज्यमन्त्री वलीले मीना र उनकी छोरीलाई कुटपिट गरेको भन्दैँ स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मंगलबार साझ पक्राउ परेकी वलीलाई हिजोनै बुटबल पठाएको प्रहरीले जनाएको छ ।