मोटरसाइकल दुर्घटनामा परेर दुई जनाको मृत्यु
३० जेठ, बारा । बाराको महागढीमाई नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।
महागढीमाई नगरपालिका वडा नम्बर ८ मा आइतबार गएराति भएको मोटरसाइकल दुर्घटनामा अन्दाजी ३० वर्षीय पुरुषसहित दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रदेश ०२–०३–००४ प ७९३४ नम्बरको मोटरसाइकल थलही पुलबाट अनियन्त्रित भई अन्दाजी २५ फिट तल खसेको थियो । दुर्घटनामा गम्भीर घाइते दुवै जनालाई उपचारका लागि कलैया अस्पतालमा ल्याएपनि उपचारकै क्रममा हिजो राती ११:१५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । बरियापुरबाट लैगडाचोक तर्फ जादै गरेको अवस्थामा मोटरसाइकल दुर्घटना भएको थियो । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






