महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

   २७ जेष्ठ २०७९, शुक्रबार ११:४८  

२७ जेठ, महोत्तरी । महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा सर्लाहीका एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

बिपी राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका ३ मा बिहीबार गएराति मोटरसाइकल दुर्घटनामा सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर ३ का २६ वर्षीय सूर्यकुमार मिस्त्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिन्धुलीबाट सर्लाही आउँदै गरेको ना५४ प ८९५४ नम्बरको मोटरसाइकल बर्दिबास नगरपालिका ३ स्थित भोगटे पुलमा अचानक अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि बर्दिबासस्थित जनसेवा अस्पतालमा ल्याएपनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, सोही मोटरसाइकलमा सवार भएका सोही स्थानका २५ वर्षीय निरज मिस्त्री गम्भीर घाइते भएका छन् । घाइते निरजको उपचार सोही अस्पतालमा भइरहेको छ ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।