करेन्ट लागेर उदयपुरमा एक जनाको मृत्यु
२२ जेठ, उदयपुर । करेन्ट लागेर उदयपुरमा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको चौदण्डीगढी नगरपालिका वडा ४ बसाहाका ४७ वर्षीय धनकुमार राईको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । खाना खाएर सुत्ने बेला ढोका लगाउने क्रममा शनिबार राति ९ बजेतिर करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए ।
घाइतेलाई तत्काल उद्धार गरी चौदण्डीगढी नगर अस्पताल बेल्टार ल्याएपनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए ।
मृतकको शव पोष्टमार्टमको लागि सोही अस्पतालमा राखिएको छ ।






