देवाही गोनाहीमा एक जनाको शव फेला

   २२ जेष्ठ २०७९, आईतवार १३:५३  

२२ जेठ, रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकामा एक जनाको शव फेला परेको छ ।

देवाही गोनाहीका अन्दाजी ३० वर्षीय तुफानी भन्ने मुकेश जयसवालको शव भेटिएको प्रहरीले जनाएको छ ।

देवाही बजारको छेउमा आज बिहान करिब ९ बजेतिर जयसवालको शव वेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको ईलाका प्रहरी देवाही गोनाहीले जनाएको छ ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।