सवारी दुर्घटनामा घाइते भएका राप्रपा खोटाङका नेता श्रेष्ठको उपचारकै क्रममा निधन

   २२ जेष्ठ २०७९, आईतवार १३:२८  

२२ जेठ, खोटाङ । सवारी दुर्घटनामा घाइते भएका राप्रपा खोटाङका नेता जीवनकुमार श्रेष्ठको उपचारकै क्रममा आज बिहान मृत्यु भएको छ ।

राप्रपा खोटाङका नेता तथा पूर्व जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठ गम्भीर घाइते भएका थिए । खोटाङमा सवारी दुर्घटनामा परेर ५८ वर्षीय श्रेष्ठ गम्भीर घाइते भएका थिए ।

घाइते श्रेष्ठलाई उपचारका लागि काठमाडौँस्थित न्यूरो अस्पतालमा ल्याएपनि उपचारकै क्रममा आइतबार बिहान मृत्यु भएको छ । श्रेष्ठ विगत १५ वर्षभन्दा लामो समयसम्म खोटाङ जिल्लाको राप्रपा अध्यक्ष रहेका थिए ।

श्रेष्ठको निधनबाट नेपालको राष्ट्रवादी आन्दोलन र राप्रपालाई ठूलो क्षति भएको भन्दैँ प्रवक्ता श्रेष्ठले दुःख व्यक्त गरेका छन् ।