यात्रु बाहक बस रोहिणी नदीमा खस्दाँ ९ जनाको मृत्यु

   २२ जेष्ठ २०७९, आईतवार १०:१७  

२२ जेठ, रुपन्देही । रुपन्देहीको रोहिणी नदीमा यात्रु बाहक बस खस्दाँ ९ जनाको मृत्यु भएको छ ।

३३ जना यात्रु सवार भएको बस आज बिहान ४:३० बजेतिर रोहिणी नदीमा खस्दाँ ९ जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

जनकपुरबाट भैरहवा जाने क्रममा लु २ ख ३८४१ नम्बरको बस दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख केशब केसीले जानकारी दिए । दुर्घटनामा परेर ९ जनाको मृत्यु भएको छ भने अन्य घाइते भएकाहरुको विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ ।

घटनाबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।