साइकल र मोटरसाइकल आपसमा ठोक्किदाँ ४ जना घाइते

   २१ जेष्ठ २०७९, शनिबार ११:५२  

२१ जेठ, रौतहट । गरुडास्थित झाँझ पुल नजिकै मोटरसाइकल र साइकल आपसमा ठोक्किदाँ ४ जना गम्भीर घाइते भएका छन् ।

रौतहटको गरुडा नगरपालिका वडा नम्बर ५ लछमीपुरस्थित झाँझ पुलमा शुक्रबार गएराति ९ बजेतिर मोटरसाइकल र साइकल आपसमा ठोक्किदाँ दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर मोटरसाइकल चालकसहित ४ जना घाइते भएका छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका चारै जनालाई उपचारका लागि ग्राण्डी अस्पतालमा पठाइएको छ ।

दुर्घटना बारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । प्रहरीका अनुसार साइकल चालक जयनगरका निवासी हुन भने मोटरसाइकल चालक रौतहटको हथियाहीका हुन् ।

तस्वीरः समाजिकसञ्जालबाट