पोखरीमा डुबेर ७ वर्षीया बालिकाको मृत्यु

   २१ जेष्ठ २०७९, शनिबार ११:०९  

२१ जेठ, सर्लाही । बाख्रा चराउन गएकी बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ ।

सर्लाहीको पर्सा गाउँपालिका ६ का शम्भु राम महराकी ७ वर्षीया छोरी पिंकी कुमारी महराको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार दिउँसो ४ बजेतिर बाख्रा चराउन गएकी पिंकी साँझ अबेरसम्म घर नआएपछि आफन्तले बालिकाको खोजी गर्ने क्रममा पोखरीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

स्थानीय संतोष साहको पोखरीमा डुबेर मृत अवस्थामा बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मृतक बालिकाको शव पोष्टमार्टमका प्रादेशिक अस्पताल मलंगवामा पठाइएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।