राजा वीरेन्द्रको वंशनाश भएको २१ वर्ष पूरा भएपनि रहस्य थाहा भएन्

   १९ जेष्ठ २०७९, बिहीबार ११:२५  

१९ जेठ, रौतहट । दरबार हत्याकाण्डको आज २१ वर्ष पूरा भएपनि अझै घटना सहस्यमय नै रहेको छ ।

२०५८ जेठ १९ गते (शुक्रबार) नेपाल सरकार राजा वीरेन्द्रको वंशनाश गरिएको थियो । राजा वीरेन्द्रको वंशनाशको आज २१ वर्ष पूरा भएपनि हत्या बारेकेही वास्तविक्ता थाहा हुन सकेको छैन् ।

नारायणहिटी दरबारको त्रिभुवन सदनमा नै राजा वीरेन्द्रको वंशनाश भएको थियो । राजा बस्ने निवासभित्रै तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार युवराज दीपेन्द्र, अधिराजकुमारी श्रुति अधिराजकुमार निराजनलगायत राजपरिवारका नौ जनाको एकै प्रकरणमा हत्या गरिएको थियो ।

हत्याकाण्डका विषयमा तात्कालीन प्रधानन्यायाधीश र संसद्का सभामुख सदस्य रहेको छानबिन समितिले छानबिन गरे पनि त्यसले सत्यतथ्य बाहिर ल्याउन नसकेको भन्दै आमनागरिक असन्तुष्ट अझै छ ।

तत्कालीन सभामुख तारानाथ रानाभाटको संयोजकत्वमा गठित दरबार हत्याकाण्ड छानबिन आयोगले युवराज दीपेन्द्रले नै आफ्नो परवारलाई गोली हानि हत्या गरेर आत्महत्या गरेको प्रतिवेदन सार्वजनिक भएपनि नेपाली जनताहरु यो घटनामा विश्वार गर्न सकेका छैनन् ।

वंशनाश भएको तत्कालीन राजा वीरेन्द्रले नै न्यान नपाएको देश नेपालमा २०६५ जेठ १५ गते मुकुलबाट राजतन्त्र समाप्तिको घोषणा गरिएको थियो ।

राजतन्त्र समाप्त भएपछि अनेकै सरकार फेरिए गणतन्त्रात्मक व्यवस्था आए तर दरबारहत्या काण्ड सहस्यमै रहेको छ ।