झलनाथ खनाल र रसियन राजदूतबीच भेटवार्ता
१७ जेठ, रौतहट । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि रसियाका राजदूत असेक्सेइ नोभिकोभबीच भेटर्वाता भएको छ ।
झलनाथ खनाल निवास डल्लुमा आज बिहान भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको आपसी हितबारे छलफल भएको स्रोतले जनाएको छ ।
नेता खनालले नेपाल र रसियाको बीचमा धेरै लामो कालदेखि रहेको सम्बन्ध अझै सूमधुर हुने बताएका छन् । स्रोतका अनुसार भेटका क्रममा राजदूत नोभिकोभले आगामी दिनमा नेपाल-रसिया सम्बन्ध अझ गहिरो र फराकिलो हुनेमा विश्वाससमेत व्यक्त गरेका थिए ।






