भाउजूको हत्या आरोपमा देवर पक्राउ
१६ जेठ, सप्तरी । आफ्नै भाउजूको हत्या आरोपमा देवर पक्राउ परेका छन् ।
पेट्रोल छर्केर आगो लगाई भाउजूको हत्या गरेको अभियोगमा जिल्लाको बोदे बर्साइन नगरपालिका १ धनगढीका २५ वर्षीय परमेश्वर साहलाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।
गत माघ २१ गते घरमा खाना पकाई रहेको अवस्थामा साहले आफ्नै भाउजूमाथि पेट्रोल छर्कीर आगो लगाएका थिए । घटनापश्चात् फरार भएको उनलाई गोप्य सूचनाका आधारमा खटिएको टोलीले हिरासतमा लिएको हो ।
पक्राउ परेका उनीमाथि यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।






