ओलीमा अझै अंहकार र दम्भ रहेको; प्रचण्ड

   १४ जेष्ठ २०७९, शनिबार १५:३०  

१४ जेठ, रौतहट । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमा अझै अंहकार र दम्भ रहेको बताएका छन् ।

शनिबार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीबाट आफैं हट्नु परेको र सातवटै प्रदेश सरकारबाट बाहिरिसक्दा पनि ओलीमा दम्भ र अहंकार नगएको बताएका हुन् ।

स्थानीय तहको निर्वाचनपछि ओली आत्मसमीक्षा गरेर अगाडि बढ्ने आफूले अपेक्षा गरेको तर, उनमा अझै पुरानै अंहकार र दम्भ कायम रहेको संसदको संबोधनबाट देखिएको बताए ।