देवाही गोनाहीमा पूर्व मेयर र नवनिर्वाचित उपमेयरका कार्यकर्ताबीच झडप

   १० जेष्ठ २०७९, मंगलवार १५:४०  

१० जेठ, रौतहट । देवाही गोनाही नगरपालिकामा पूर्व मेयर धर्मेन्द्र पटेल र नवनिर्वाचित उपमेयर परनिया देवी पटेलका कार्यकर्ताबीच झडप भएको छ ।

रौतहटको देवाही गोनाही नगरपालिकामा दोस्रो पटक पूर्व मेयर पटेल र नवनिर्वाचित उपमेयर परनिया देबि पटेलको समर्थक बिच झडप हुँदा दर्जनौँ व्यक्तिहरु घाइते भएका छन् ।

झडपका क्रममा उपप्रमुख पक्षका दर्जनौं व्यक्ति घाइते भएका हुन् । चुनाव हारेको रिसमा पुर्व मेयर धर्मेन्द्र पटेल सहितको टोलिले आफुहरु माथी आक्रमण गरेको समेत घाइतेहरुले आरोप लगाएका छन् ।

पुर्व मेयरका कार्यकर्ताहरुले उप प्रमुखको घरमा ढुङ्गा मुडा प्रहार गरेपछि घmडप भएको स्थानीयले बताएका छन् । घटनास्थलमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ ।