त्रियुगा नगरपालिकामा मतगणना सुरु गर्ने तयारी
द नेपाल मिडिया
१० जेष्ठ २०७९, मंगलवार १५:०४
१० जेठ, उदयपुर । गत वैशाख ३० गते भएको स्थानीय तहको मत गणना उदयपुरको त्रियुगा नगरपालिकामा सुरु गर्ने तयारी गरिएको छ ।
मतदान भएपछि दुई पक्षबीच विवाद भएको कारण मतगणना रोकिएको थियो । विवाद चुलिएपछि निर्वाचन आयोगले छानविन गरेपछि मतगणना सुरु गर्न निर्देशन दिएको हो ।
मंगलबार बिहान बसेको सर्वदलीय बैठकले मत गणना सुरु गर्ने निर्णय गरेको छ ।






