चट्याङ लागेर उदयपुरमा एक महिलाको मृत्यु

   ९ जेष्ठ २०७९, सोमबार १७:४१  

९ जेठ, उदयपुर । चट्याङ लागेर उदयपुरमा एक महिलाको मृत्यु भएको छ ।

उदयपुरको कटारी नगरपालिका ११ गोठडाँडाकी ४५ वर्षीया भक्त कुमारी बुढाथोकीको चट्याङले लागेर मृत्यु भएको छ । आफ्नै घरमा बसिरहेको अवस्थामा अचानक चट्याङ लागेर उनी गम्भीर घाइते भएकी थिइन् ।

घाइते भएकी उनलाई उपचारको लागि कटारी अस्पतालमा ल्याएपनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।