गढीमाई नगरपालिकामा कांग्रेस र नेकपा एसका समर्थकबीच झडप
८ जेठ, रौतहट । रौतहटको गढीमाई नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एकृकीत समाजवादीका कार्यकर्ताबीच झडप भएको छ ।
नेकपा एकृकीत समाजवादीबाट गढीमाई नगरपालिका वडा नम्बर १ हरइयामा उम्मेदवारी दिएको रामपुकार यादव गत वैशाख ३० गते भएको स्थानीय तहको चुनावमा विजयी भएका छन् ।
वडा नम्बर १ का नवनिर्वाचित वडा अध्यक्ष यादवले आफ्नो वडामा शान्तिपूर्ण तरिकाले विजय जुलुस निकालेको बेला नेपाली कांग्रेसका निर्वतमान वडा अध्यक्ष रामविनय यादवका कार्याकर्ताहरुले हस्तक्षेप गरेपछि झडप भएको थियो ।

शनिबार नवनिर्वाचित वडाअध्यक्ष रामपुकार यादवले गाउँमा बिजय जुलुस लगिरहेको क्रममा पूर्व वडाअध्यक्ष रामविनय यादव समर्थक बिच हुँदा दर्जनौँ व्यक्तिहरु घाइते भएको प्रहरीले जनाएको छ ।
निवर्तमान वडा अध्यक्षको घरबाटो भएर जुलुस निकालिएको आक्रोशमा आफ्नो घरको छतबाट ढुङ्गा,मुडा गर्न थालेको आरोप लगाउदै सो आत्मघाती हमलाबाट हाम्रो पक्षको दर्जनौं व्यक्ति र ३ जना सुरक्षाकर्मी घाइते भएको नवनिर्वाचित वडा अध्यक्ष यादवले जनाए ।






