रौतहटको गरुडामा कन्थमणीको अग्रता

   ७ जेष्ठ २०७९, शनिबार १३:४९  

७ जेठ, रौतहट । रौतहटको गरुडा नगरपालिकामा कन्थमणी जयसवालको अग्रता देखिएको छ ।

गत वैशाख ३० गते भएको सथानीय तहको चुनावका मतगणना गर्ने क्रममा कन्थमणी जयसवालको अग्रता देखिएको हो । १,२ र ३ नम्बर वडाको मतगणना गर्दा जयसवालले १ हजार ५३७ मत ल्याएका छन् ।

त्यस्तै, नेपाली कांग्रेसबाट उम्मेदवारी दिएको सुनिल यादवले १ हजार ५१२ मत प्राप्त गरेका हुन् । माओवादीका उम्मेदवारले १ हजार १६३ मत प्राप्त गरेकाछन् ।