कञ्चनपुरमा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु, एक उपचाररत
६ जेठ, रौतहट । कञ्चनपुरको भिमदत्तमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्दिाँ एक जनाको मृत्यु भएको छ ।
भिमदत्त नगरपालिका ५ तिनतारामा बिहीबार गएराति करिब ९:३० बजेतिर गड्डाबाट सुकासालतर्फ जाँदै गरेको म २ प ८०२४ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको म २ प २७६ नम्बरको मोटरसाइकल आपसमा ठोकिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका ८०२४ नम्बरको मोटरसाइकल चालक भिमदत्त नगरपालिका १० का ३८ वर्षीय बिरेन्द्र चन्दलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पतालमा ल्याएपनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाको छ ।
सोही दुर्घटनामा परेर गम्भीर घाइते भएका अर्को मोटरसाइकलका चालकलाई धनगढी पठाइएको ईलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ ।