रौतहटको कटहरियामा ९ जनामा कोरोना संक्रमण पुष्टि
द नेपाल मिडिया
२६ श्रावण २०७७, सोमबार २१:५८
२६ साउन, रौतहट । रौतहटको कटहरिया नगरपालिकामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमवार साझ आएको रिपोर्टमा कटहरिया नगरपालिका का उपप्रमुखको श्रीमान सहित ९ जनामा कोरोन संक्रमण पुष्टि भएको हो।
कटहरिया नगरपालिकाका जनप्रतिनिधि र स्थानीय गरि १९७ जनाको स्वाब संकलन भएकोमा २ महिला सहित ७ पुरुषमा संक्रमण भेटिएको नगरप्रमुख सियाराम कुशवाहाले बताए ।