सर्लाहीको बलरामा मेयर र उपमेयरको पदमा माओवादी विजयी
३ जेठ, सर्लाही । सर्लाहीको बलरा नगरपालिकामा नगर प्रमुख (मेयर) र उपमेयरको पदमा नेकपा माओवादीका उम्मेदवार विजय भएका छन् ।
नेकपा माओवादीबाट मेयरको पदका लागि उम्मेदवारी दिएका रामाशंकरप्रसाद कुशवाहा र उपमेयरमा कोशिला देवी स्थानीय तहको चुनावमा निर्वाचित भएका हुन् ।
कुशवाहाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अभयकुमार सिंहलाई एक हजार १२ मतले पछि पार्दै कुशवाहा निर्वाचित भएका छन् ।
कुशवाहाले ४ हजार ६४३ मत प्राप्त गरेर निर्वाचित हुँदा सिंहले ३ हजार ६३१ मत प्राप्त गरे । नगरप्रमुखमा पराजित सिंह निवर्तमान नगरप्रमुख हुन् ।
यस्तै, बलराको उपमेयरमा निर्वाचित माओवादीकी देवीले ४ हजार ३५१ मत ल्याएकी हुन् ।






