गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु, १० जना घाइते
द नेपाल मिडिया
२ जेष्ठ २०७९, सोमबार १२:५५
२ जेठ, सल्यान । स्थानीय तहको चुनावमा विजय भएका प्रतिनिधिले उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ भने १० जनाभन्दा बढी घाइते भएका छन् ।
जिल्लाको कुमाख गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धन निर्वाचनले जितेको उत्सव मनाउन निस्केको गाडीमा करेन्ट लागेर २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
गाडीको छतमा झण्डा समाएर बस्नेतज्युलाबाट शान्तिबजार जादैँ गरेको गाडी विद्युतको तारले छुँदा करेन्ट लाग्दाँ ज्यान गुमाएका दुवै जनाको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । करेन्ट लागेर घाइते भएका सबै जनाको रुकुम चौरजहारी अस्पतालमा उपचारको भइरहेको छ ।