मतदान केन्द्र भित्र माधव नेपाल छिर्न खोज्दा विरोध
३० बैसाख, रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल मतदान केन्द्र भित्र छिर्न खोज्दा स्थानियले विरोध गरेका छन ।
पुर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई रौतहट सदरमुकाम गौरको विभिन्न वडाको मतदान केन्द्रमा घुम्ने क्रममा वडा नं.५ गौरी शंकर यादव रौतहट क्याम्पस मतदान केन्द्र भित्र छिर्न खोज्दा स्थानीयहरुलाई नारावाजी गरेका थिए ।
गौर नपा २ मा रहेको राम जानकी कन्या प्राबि मा मत खसालेर गौरी शकर क्याम्पसको बुथमा छिर्न खोजेका नेता नेपाल लाई त्यहा बाट नाराबाजी गर्दै लखेटेका छन ।
सुरक्षाकर्मिको सहयोगमा नेता नेपाल सो स्थानबाट बाहिरीएका छन ।






