हाल नेपालमा १७३ जना सक्रिय संक्रमित
२९ वैशाख, रौतहट । हाल देशभर १ सय ७३ कोरोना संक्रमित उपचाररत रहेका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा २ हजार ४ सय ६३ जनाको पीसीआर परीक्षण गर्दा जम्मा ४ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै, यो अवधिमा ३ सय ५४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा कसैमा पनि एन्टिजेन संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज थपिएसंगै हालसम्म नेपालमा कुल संक्रमितको संख्या ११ लाख १९ हजार १८९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जना निको भएका छन् । यससहित ९ लाख ६६ हजार ८५७ जना संक्रमणमुक्त भएका छन् ।
यो अवधिमा कोरोनाका कारण कसैको मृत्यु नभएपनि हालसम्म नेपाल संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या ११ हजार ९५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रमालयले जनाएको छ ।