ईशनाथका मेयर उम्मेदवार माथि आक्रमण
२९ बैशाख, रौतहट । रौतहटको इशनाथ नगरपालिकामा गएराति मेयर उम्मेदवार माथि आक्रमण भएको छ ।
ईशनाथ नगरपालिकामा नेकपा एमालेका उम्मेदवार संतोष मेहता माथि गएराति आक्रमण भएको हो । आफन्तको बिहे भोजमा सहभागी भएर फर्कदै गरेका मेहतालाई नेपाली काग्रेंसका समर्थकहरुले आक्रमण गरेका थिए । आक्रमणमा मेहताको हातमा चोट लागेको छ भने शशिभुषण मेहता र विक्रम मेहताको टाउको फुटेको छ ।
निवर्तमान मेयर रहेका मेहता यस पटक दोश्रो कार्यकालका लागी उम्मेदवार बनेका छन । प्रहरी प्रशासनकै मिलेमतोमा आफु माथि आक्रमण भएको उम्मेदवार मेहताले बताए । आज पत्रकार सम्मेलन गर्दै मेहताले आफुलाई षडयन्त्रपूर्ण तरिकाले प्रहरीले बोलाएर आक्रमण गर्न लगाएको आरोप लगाए ।
“आफन्तको बिहे भोजबाट फर्कदै गर्दा असई संजय कुर्मीले फोन गरेर पल्टुवा बजारमा बोलाए ।” मेहताले भने “म त्यहाँ पुग्ने बितिकै प्रहरीको असइ कुर्मीले गाडीको चाबी खोस्यो । लगतै त्यहाँ सय भन्दा बढी कार्यकर्ता लिएर कागें्रसकी उम्मेदवार अन्जु झा आइन ।” अन्जु झाकै निर्देशनमा आफुमाथि आक्रमण भएको उनले बताए ।
आफु माथि आक्रमण हुदा प्रहरी मुखदर्शक भएको उनको आरोप छ । काग्रेंका उम्मेदवारसँग मिलेर प्रहरीले आफ्नो हत्या गराउने षडयन्त्र गरेको उनले आरोप लगाए । घटनाका बारेमा अनुसन्धान गरेर कारवाही गर्न उनले प्रशासन समक्ष माँग गरेका छन । “मलाई फोन गरेर बोलाउने प्रहरी अधिकारी र आक्रमणमा सामेल रहेका सबैलाई कानूनी कारवाही हुनुपर्छ ।” उम्मेदवार मेहताले भने ।
घटनाका बारेमा जानकारी आए पश्चात प्रहरीले सुरक्षितरुपमा मेहतालाई घर पु¥याएको जिल्ला प्रहरी कार्यालय रौतहटका उपरिक्षक विनोद घिमिरेले बताए । “राति उनलाई स्थानियले घेरे पछि प्रहरीले सुरक्षित रुपमा उनलाई घर पठाएको हो ।” प्रहरीमाथि लगाएको आरोपको बारेमा छानबिन हुने र घटनाका बारेमा पनि अनुसन्धान हुने उपरिक्षक घिमिरेले बताए ।