डोटीमा बस दुर्घटना हुँदा ३० जना घाइते

   २९ बैशाख २०७९, बिहीबार ११:२१  

२९ वैशाख, डोटी । शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि मतदान गर्न भारत लगायत तराईका जिल्ला कैलाली र कञ्चनपुरबाट घर फर्किने यात्रु बोकेको बस दुर्घटनामा परेको हो ।

डोटीमा आज बिहान भएको बस दुर्घटनामा परेर ३० जना घाइते भएका छन् । धनगढीबाट बाजुरा जाँदै गरेको मालिका यातायातको सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस बिहीबार बिहान ६ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

डोटीको पूर्वीचौकी गाउँपालिका ४ सानागाउँमा बस दुर्घटना हुँदा घाइते भएका सबै जनाको उद्धारमा प्रहरी, नेपाली सेना खटिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

घाइतेहरुमध्ये १६ जनाको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ भने १३ जनाको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका एक जनालाई थप उपचारका लागि धनगढी पठाइएको छ । बस सडकबाट करिब १५-२० मिटर तल खसेको जनाइएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।