मतदातालाई पैसा बाड्ने क्रममा सिरहाबाट माओवादीका कार्यकर्ता पक्राउ
२८ वैशाख, सिरहा । मतदातालाई पैसा बाँड्ने क्रममा सिरहाबाट नेकपा माओवादीका एक कार्यकर्ता पक्राउ परेका छन् ।
सिरहाको गोलबजार नगरपालिका २ गुरूधामका नेकपा माओवादी केन्द्रका कार्यकर्ता ५५ वर्षीय प्रेम लामा पक्राउ परेका छन् ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि मतदाताको घरमै पुगेर नमूना मतपत्रमा पार्टीको चुनाव चिन्ह देखाउँदै प्रतिव्यक्तिलाई दुई हजारदेखि पाँच हजार रुपैयाँ बाँड्दै गरेका अवस्थामा आज लामालाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनको साथबाट मतपत्र र ५४ हजार रुपैयाँ बरामद भएको हो । लामालाई मतपत्र र रकमसहित स्थानीयले नियन्त्रणमा लिइ प्रहरीको जिम्मा लगाएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजु केसीले जानकारी दिए ।
गोलबजार नगरपालिकामा माओवादी केन्द्रबाट मेयरमा देवनाथ साह पुन: उम्मेदवार बनेका हुन् ।