प्रतिबन्धित लागूऔषधसहित पर्साबाट एक भारतीय नागरिक पक्राउ

   २४ बैशाख २०७९, शनिबार ११:५५  

२४ वैशाख, पर्सा । प्रतिबन्धित लागूऔषधसहित पर्साबाट एक जनालाईप्रहरीलेपक्राउ गरेको छ ।

जिल्लाको वीरगञ्ज महानगरपालिका १६ बाट भारत विहार जिल्ला मोतीहारी थाना रामगढवा बेलाहा–१० वर्ष २२ को असरफ अलीलाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।

विभिन्न प्रकारका लागु औषध ८७३ एम्पुलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । वीरगञ्जको रजतजयन्ती चोकमा खटिएको नियमित चेकिङ टोलीले जाँच गर्ने क्रममा बाटोमा हिडिरहेको निजलाई शंकास्पद अवस्थामा रोकी खानतलासी गर्दा नुरफिन २९१ एम्पुल, फेनारगन २९१ एम्पुल र डाइजेपाम २९१ एम्पुल गरी जम्मा ८७३ एम्पुल फेला परेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

उनका साथबाट बरामद भएको मोबिलको डिब्बामा लुकाइ छिपाई लागूऔषध राखेको अवस्थामा फेला परेको थियो । लागूऔषधसहित शुक्रबार पक्राउ परेका उनमाथि यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।