यस्तै चाँदीको मूल्य मंगलबारको तुलनामा प्रतितोला पाँच रुपैयाँले बृद्धि भएर ९४५ रुपैयाँ पुगको छ । मंगलबार छापावाल सुनको भाउ ९० हजार ६ सय र तेजावीको भाउ ९० हजार १६० रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस भाउ १७६९.९६ डलर र चाँदी १७.८८ डलरमा कारोबार भएको महासंघले जनाएको छ । आंशिक रुपमा लकडाउन खुले पनि सुनको कारोबार ठप्पजस्तै रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । केही ग्राहकहरु भने सुन बिक्रीका लागि पनि पसलहरुमा आएको पाइएको उनले जानकारी दिए ।
अन्तर्राष्ट्रिय बजार विश्लेषण गर्दा सुनको भाउ असार महिनामै तोलामा एक लाख नाघ्न सक्ने सुनचाँदी व्यवसायी महासंघको आंकलन छ । तत्काल कोरोना अन्त्य हुने अवस्था नभएको तथा अमेरिका, यूरोप र दक्षिण एसियाको असर अझै बढ्दै जाँदा अर्थतन्त्र झनै शिथिल बनेको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्य बताउँछन् ।
‘दक्षिण एशियामा बढी सुनको माग हुन्छ, यहाँ पनि असर बढ्दो छ । कोरोनाका कारण कलकारखाना चलेका छैनन् । अमेरिकी र युरोपेली शेयर बजार पनि बन्द हुँदा लगानीकार्ताहरुकमा अन्यौल बढेको देखिन्छ,’ महासचिव बज्राचार्यले कारण खुलाए ।
जर्मनी, अमेरिकाजस्ता ठूला अर्थतन्त्रको केन्द्रीय बैंकले सुनमा लगानी बढाएका कारण अझै भाउ बढ्न सक्ने अवस्था देखिएको बज्राचार्य बताउँछन् ।
‘अन्तर्राष्ट्रिय सुन विज्ञहरुको प्रक्षेपणले पनि छिट्टै सुनको भाउ २ हजार डलर प्रति औँस नाघ्ने देखाएकाले असार महिनाभरीमै सुनको भाउ तोलामा ९५ हजारदेखि एक लाख वा सो भन्दा बढी पुग्न सक्छ,’ महासचिव बज्राचार्यले भने ।
लकडाउन खुकुलोसंगै असार महिनामा सुनको प्रतितोला मूल्य
असार | छापावाल सुन | तेजावी सुन | चाँदी |
१ | ८९,७०० | ८९,२६५ | ९२५ |
२ | ८९,७०० | ८९,२६५ | ९२५ |
३ | ८९,८०० | ८९,३६५ | ९३० |
४ | ८९,९०० | ८९,३६० | ९३५ |
५ | ८९,९०० | ८९,४६० | ९३० |
७ | ९०,६०० | ९०,१६० | ९४० |
८ | ९१,००० | ९०,५६५ | ९५० |
९ | ९०,६०० | ९०,१६० | ९४० |
१० | ९१,१०० | ९०,६६५ | ९४ |