फतुवा विजयपुरमा एमालेबाट विजय र कान्ती देवीको उम्मेदवारी दर्ता

   १२ बैशाख २०७९, सोमबार १६:३१  

१२ वैशाख, रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकामा आज मनोनयन दर्ता कार्य टुंगो लागेको छ ।

रौतहटको फतुवा विजयपुर नगरपालिकामा नेकपा एमाले पार्टीबाट नगर प्रमुख (मेयर) मा विजय यादव निर्बिज र उपमेयरमा पदमा कान्ती देवी महतोले उम्मेदवारी दर्ता गराएकी छिन् ।

स्थानी तहको चुनावका लागि निर्वाचन आयोगले तोकेको दुई दिन समयमा आज (सोमबार) अन्तिा दिन मनोनयन दर्ता भएको छ ।

आज बसेको एमाले जिल्ला कमिटिको बैंठकबाट विजय यादव र कान्ती देवीको नाम सिफारीस भएको छ ।