एसईईको परीक्षाबाट ३ केन्द्राध्यक्षसहित ८० विद्यार्थी निस्काशित
१२ वैशाख, सिरहा । एसईईको परीक्षामा चिट चोरेको भन्दैँ ३ केन्द्रा अध्यक्षसहित ८० जना परीक्षार्थीलाई निस्काशन गरिएको छ ।
संञ्चालित एसईईको परीक्षा अन्तर्गत दोस्रो दिन गणित विषयमा चिट चोरेपछि बस्तिपुर मा.वि. लहान १३ केन्द्रबाट ३५ जना, माध्यमिक विद्यालय लहान २० हनुमाननगर ब्रम्हानगोर्छारी परीक्षा केन्द्रबाट १९ जना र पडरीया थारुटोल मावि परीक्षा केन्द्रबाट २६ जना विद्यार्थीलाई निस्कासन गरिएको छ ।
परीक्षामा मर्यादा विपरीत कार्यगरेको आरोपमा उनीहरुलाई निस्कासन गरिएको हो । परीक्षामा चिट, फ्ल्याप र मोवाइल प्रयोगगरी परीक्षा अमर्यादीत गरेकाले उनीहरुलाई निस्काशन गरिएको हो ।
सञ्चारकर्मी सहित जिल्ला अधिकारी र सुरक्षा निकायका टोलीले अनुगमन गर्ने क्रममा परीक्षार्थीहरुले अमर्यादित गतिविधि गरेको पाइएकोले निस्काशन गरेको थियो ।
सञ्चारकर्मी सहित जिल्ला अधिकारी र सुरक्षा निकायका टोलीले अनुगमन गर्ने क्रममा परीक्षार्थीहरुले अमर्यादित गतिविधि गरेको पाइएकोले निस्काशन गरेको थियो ।