चन्द्रपुरमा एमालेबाट एक समूह सामुहिक राजीनामा दिदैँ
१२ वैशाख, रौतहट । मनोनयन दर्ताको अन्तिम दिन चन्द्रपुर नगरपालिकामा एमालेबाट एक समूहले सामुहिक राजीनामा दिने तयारीमा रहेका छन् ।
निर्वाचन आयोगले मनोनयनका लागि तोकेको दुई दिन समयको अवधिमा आज अन्तिम दिन नेकपा एमाले चन्द्रपुरमा एक समूहले सामूहिक राजीनामा दिने भएका छन् ।
नेकपा एमालेले टिकट वितरणमा मनोमानी गरेको भन्दै नेकपा एमाले चन्द्रपुरको एक समुहले अहिले पार्टीबाट सामुहिक राजीनामा दिने भएको छ । नेकपा एमाले चन्द्रपुरको मेयरका आकांक्षी रहेका ८ जना मध्यका एकजना नेता सहितको समुहले सामुहिक राजिनामा दिने तयारी गरेको छ ।
पार्टीले चुनाव नजित्ने र हारेपछि अन्र्तघातको आरोप लगाउदै पार्टीले आफुहरुलाई कार्वाही गर्ने भन्दै आफुहरुले सामुहिक राजीनामा दिने तयारीमा रहेको एक नेताले जनाए ।






