आज थप १५ जनामा कोरोना पुष्टि, ३२ जना संक्रमणमुक्त
८ वैशाख, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ३ हजार ५ सय ४७ जनाको पीसीआर परीक्षण गर्दा जम्मा २५ जनामा संक्रमण देखिएको छ ।
बितेको २४ घण्टामा २ हजार ८३ जनाको पीसीआर परीक्षण गरिएको छ भने १ हजार ४ सय ६४ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै, यो अवधिमा थप ३२ जना कोरोनामुक्त भएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन् ।
हाल नेपालमा २ सय ९८ कोरोना संक्रमित उपचाररत रहेका हुन् ।






