आज बिहानै बझाङमा भूकम्पको धक्का

   ६ बैशाख २०७९, मंगलवार ११:५०  

६ वैशाख, बझाङ । बझाङमा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ६ बजेर ३ मिनेटमा बझाङ भूकम्प गएको हो । बझाङ केन्द्र भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

यस्तै, गत चैत ९ गते ताप्लेजुङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।