आगलागीबाट चार पसल जलेर नष्ट, तीन जना घाइते
६ वैशाख, मोरङ । मोरङको विराटनगरमा गएराति भएको आगलागीमा चार जलेर पूर्णरुपमा नष्ट भएको छ ।
विराटनगर महानगरपालिका ७ अस्पताल चोकस्थित रहेको होटल र पसलमा सोमबार मध्यराति १२ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ ।
कुमारप्रसाद घिमिरेको घरमा सञ्चालित होटल र किराना पसल जलेर नष्ट भएको विराटनगर महानगरपालिका वारुणयन्त्र कार्यालयका दिनेशकुमार चौधरीले जानकारुी दिए ।
आगोलाई वारुणयन्त्र, प्रहरी र स्थानीयको सहयोगमा मंगलबार बिहान २ बजे नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आगो निभाउने क्रममा घाइते भएका कार्यालयका तीनै कर्मचारी स्थानस्य म्याक्स अस्पतालमा उपचार भइरहेको छ ।
आगोबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ । आगो कसरी लाग्यो त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






