स्रोत नखुलेको रकमसहित एक भारतीय नागरिक पक्राउ

   ५ बैशाख २०७९, सोमबार १३:५४  

५ वैशाख, मोरङ । स्रोत नखुलेको रकमसहित मोरङबाट एक भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

५९ हजार भारतीय रुपैयाँसहित भारतको अहमदाबाद गुजरात बस्ने ३९ वर्षीय नरेश कुमार बाबुभाईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विराटनगर महानगरपालिका १५ स्थित २ नम्बर ढाटबाट शनिबार साँझ उनलाई उक्त नगदसहित हिरासतमा लिएको प्रहरीले जनाएको छ ।

स्रोत नखुलेको रकमसहित पक्राउ परेका उनलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजस्व कार्यालय इटहरी सुनसरी पठाइएको छ ।