सर्लाहीमा बस दुर्घटना हुँदा २४ जना घाइते, एकको अवस्था गम्भीर

   २८ चैत्र २०७८, सोमबार १५:४८  

२ड चैत, सर्लाही । सर्लाहीमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् ।

जिल्लाको ईश्वरपुर नगरपालिका ५ फुलजोर चोकमा आज बिहान बस पल्टिदा चालकसहित घाइते भएका २४ जनामध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका ५३ वर्षीया कमला श्रेष्ठ राईको जनकपुरस्थित रामा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइतेहरु विभिन्न अस्पतालमा उपचाररत छन् ।

पारिश्रमिक सहकारी संस्था मोरङबाट भ्रमणको लागी प्युठान पुगेर मोरङतर्फ फर्कदै गर्दा प्रदेश ३–०१–००५ ख ९८६० नम्बरको बस आज बिहान ३:४५ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।