मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते

   २० चैत्र २०७८, आईतवार १६:१७  

२० चैत, रौतहट । रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।

जिल्लाको राजपुर नगरपालिका वडा नम्बर २ फतुवाबाट गौर जाने क्रममा ना ३ प ३५१३ नेपाली नम्बरको स्प्लेन्डर मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ ।

अचानक अनियन्त्रित भई सडकबाट पोलमा ठोकिएर गेँहूको खेतमा मोटरसाइकल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी नै रहेको छ ।