आज थप ४२ जनामा कोरोना पुष्टि, ८६ जना संक्रमणमुक्त

   १५ चैत्र २०७८, मंगलवार १७:३६  

१५ चैत, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४ हजार ३ सय २२ जनाको पीसीआर परीक्षण गर्दा जम्मा ३० जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै, यो अवधिमा १ हजार १४९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १२ जनामा एन्टिजेन संक्रमण देखिएको छ । योसंगै हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ५०८ पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा थप ८६ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससहित हालसम्म देशभर ९ लाख ६५ हजार २२८ जना कोरोनामुक्त भएका छन् ।

यसैबीच, कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नभएपनि हहालसम्म ११ हजार ९ सय ५१ ज्नाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।

हाल देशभर १ हजार १९८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।