थप २३ जनामा कोरोना पुष्टि, २१५ जना संक्रमणमुक्त
१३ चैत, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ३ हजार ७८० जनाको पीसीआर परीक्षण गर्दा जम्मा १५ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै, यो अवधिमा १ हजार ४४२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा जम्मा ८ जनामा एन्टिजेन संक्रमण देखिएको छ ।
त्यसैगरी, बितेको २४ घण्टामा थप २ सय १५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हाल नेपालमा १ हजार ५५८ संक्रमित उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन् ।






