भारतद्धारा कोरोना माहामारीविरुद्ध लड्नको लागि नेपाली सेनालाई १० वटा भेन्टिलेटर सहयोग
द नेपाल मिडिया
२५ श्रावण २०७७, आईतवार १४:२३
साउन २५, रौतहट । भारतले कोरोना भाईरस (कोभिड १९)का माहामारीविरुद्ध लड्नको लागि नेपाली सेनालाई १० वटा भेन्टिलेटर सहयोग गरेको छ ।
आइतबार जंगी अड्डामा आयोजित एक कार्यक्रममा भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका हुन ।
विश्वभर फैलिएको कोरोना भाईरसका महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणको लागि नेपाल सरकारले जारी गरेको (कोभिड १९) प्रतिकार्य राष्ट्रिय अभियान योजना सफल पार्न भारतले भेन्टिलेटर सहयोग गरेको नेपाली सेनाले जनाएको छ ।
दुई करोड ८० लाख भारतीय रुपैयाँ बराबर मूल्यका भेन्टिलेटरहरु (कोभिड १९) का बिरामीको उपचारमा उपयोग हुने दूतावासले अपेक्षा गरेको छ ।