वीरगञ्जबाट अफिमसहित महिला पक्राउ
१३ चैत, पर्सा । बाराको जितपुर बस्ने एक महिलालाई लागूऔषधसहित वीरगञ्जबाट सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
बारा जितपुर सिमरा उपमहानगरपालिका ७ की ४० वर्षीया रीनादेवी राम (दलित)लाई शनिबार साँझ हिरासतमा लिएको गणका गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए ।
अफिम लिएर भारततर्फ जादैँ गरेको गोप्य सूचनाका आधारमा खटिएको टोलीले वीरगञ्ज महानगरपालिका ५ भेडियाहीबाट उनलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल १३ नं गणले जनाएको छ ।
अवैध रुपमा लुकीछिपी भारततर्फ लैजाँदै गरेकी उनलाई ३ किलो अफिमसहित पक्राउ गरिएको छ । अफिमसहित पक्राउ परेकी उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको छ ।






