सुनको मूल्य सस्तियो; भने चाँदीको मूल्यमा नयाँ रेकर्ड

   २५ श्रावण २०७७, आईतवार १३:४२  

साउन २५, रौतहट । आईतबार सुनको मूल्य अघिल्लो दिनको तुलनामै ९ सय रुपैयाँले सस्तिएर कारोबार भईरहेको छ । झण्डै दुई सातादेखि निरन्तर बढेर ऐतिहासिक मूल्य कायम भएको सुनको भाउमा आज समान्य गिरावट आएको हो ।

साउन २३ गते शुक्रबार सुनको भाउ प्रतितोला एक लाख तीन हजार पाँच सय कारोबार मूल्य तोकिएको आईतबार एक लाख दुइै हजार ६ सय रुपैयाँमा झरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आईतबारका लागि तेजावी सुनको भाउ १ लाख २ हजार १ सय रुपैयाँ तोकेको छ ।

त्यस्तै, चाँदीको भाउ तोलामै हालसम्मकै उच्च कायम भएको हो । गत शुक्रबार हालसम्मकै उच्च मूल्य १४ सय ५ रुपैयाँ प्रतितोलामा चाँदीको कारोबार भएको थियो । आईतबरका लागि तोकिएको चाँदीको मूल्य पनि हालसम्मकै सबै भन्दा उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।
यस्तै, अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा आएको गिरावटका कारण भाृउ घटेको महासंघको भनाइ छ ।