११ र १२ का विद्यार्थीको आवेदन फाराम बुझाउने मिति दोस्रो पटक थप

   १० चैत्र २०७८, बिहीबार १५:२२  

१० चैत, रौतहट । कक्षा ११ र १२ को विद्यार्थीको रजिष्ट्रेशनन तथा परीक्षा आवेदन फाराम बुझाउने मिति राष्ट्रिय परीक्षा बोर्डले पुन थप गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले चैत १६ गतेसम्म दोब्बर शुल्कमा रजिष्ट्रेशनन तथा परीक्षा आवेदन फाराम बुझाउने मिति दोस्रो पटक थप गरेको छ ।

बोर्डका अनुसार २०७८ सालमा कक्षा ११ मा भर्ना भई अध्ययनरत विद्यार्थीको रजिष्ट्रेशनन आवेदन फाराम र २०७९ सालमा सञ्चालन हुने कक्षा १२ (नियमित तथा आंशिक(ग्रेडवृद्धि) कक्षा ११ को ९आंशिक(ग्रेडवृद्धि मात्र) को वार्षिक परीक्षाको आवेदन फाराम वापत प्रति विद्यार्थी १ हजार दुई सय र रजिष्ट्रेशन आवेदन फाराम वापत प्रति विद्यार्थी ८ सय बुझाई सम्बन्धित विद्यालय मार्फत बोर्डका कार्यलमा फाराम बुझाउन सक्ने छ ।