नगर प्रमुखद्वारा ईशनाथ नगरपालिकामा अस्पताल र विद्यालयको उद्घाटन
१० चैत, रौतहट । रौतहटको ईशनाथ नगरपालिकामा नगर प्रमुख द्वारा नवनिर्मित अस्पताल र विद्यालय भवनको उद्घाटन गरिएको छ ।
बुधबार आयोजित एक कार्याक्रमबीच ईशनाथ नगरपालिकाका मेयर (नगर प्रमुख) सन्तोष कुमार महताले लक्ष्मीनिया स्थित रहेको अस्पताल तथा विद्यालय भवनको उद्घाटन गरेका हुन् ।
ईशनाथ नगरपालिका वडा नम्वर ५ लक्ष्मीनिया टोलस्थित रहेको नवनिर्मित तीन कोठे पक्की भवन आधारभूत ईकाइ अस्पताल र श्री शंकर प्राथमिक विद्यालय भवनको एक समारोहबीच नगरप्रमुखले उद्घाटन गरेका हुन् ।
बुधबार आयोजित कार्याक्रममा वडा अध्यक्ष शेखनिसार आलम, ईशनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमबहादुर भुजेल, नगर उपप्रमुख हुसेन आरा, वडा ९ का वडाध्यक्ष रामबाबुराय यादवसहित नेकपा एमालेका नेता कार्यकर्ताहरू समेत सहभागि भएका थिए ।






