राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा रौतहटका चार खेलाडी छानिए

   ६ चैत्र २०७८, आईतवार ०९:४३  

६ चैत, रौतहट । १९ वर्ष सम्मका खेलाडीहरुको राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको लागी मधेश प्रदेश को खेलाडी छनौट सम्पन्न भएको छ ।

मधेश प्रदेश क्रिकेट संघले हिजो राति खेलाडीहरुको सूचि जारी गरेको हो । प्रदेश क्रिकेट संघले जारी गरेको सूचिमा रौतहटका चार खेलाडीले स्थान बनाएकी छिन ।

प्रदेशको महिला क्रिकेट टिममा साना प्रविण, मधु राउत, प्रतिमा साह, एलिया यादव, मोनिका साह, प्रियंका गुप्ता, विमला मगर, भूमि सिंह, निक्की कुशवाहा, पुष्पा फुयाल, अंजलि चौधरी, वर्षा ढकाल र तुलसी बिक सहभागी छिन । यसै गरी वैकल्पीक खेलाडीमा अमिषा पटेल, सबनम खातुन, शिवानी सिंह र चान्दनी खातुन रहेकी छिन ।

राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशको म्यानेजर रोजी कडारी र कोच जहुर अंसारीलाई नियुक्त गरिएको छ । रौतहटबाट मधु राउत, मोनिका साह, भूमि सिंह र चान्दनी खातुनले आफ्नो स्थान पक्का गरेकी हुन ।

गौर २ कि मधु राउतले यस अघि पनि धनगढिमा भएको सिनियर राष्ट्रिय प्रतियोगितामा भाग लिएकी थिइन । गौरका ४ जना खेलाडीहरु राष्ट्रिय प्रतियोगिताका लागी टिममा सहभागी भएकोमा जिल्ला क्रिकेट संघले खुशी व्यक्त गरेको छ । क्रिकेट संघ रौतहटका अध्यक्ष पवन गुप्ताले छनौटमा परेका खेलाडीहरुले रौतहटको नाम राखेको बताए । अध्यक्ष पवन गुप्ताले चारै खेलाडीले रौतहटको नाम राखेकोमा बधाइ दिएका छन ।

बाराको कलैयामा भएको छनौट प्रतियोगिताबाट मधेश प्रदेशका लागी छानिएका खेलाडीहरु राष्ट्रिय प्रतियोगिताको लागी चैत्र ९ गते धनगढी जाने मधेश प्रदेश क्रिकेट संघले जनाएको छ ।