आज थप ३८८ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

   ९ फाल्गुन २०७८, सोमबार १६:४१  

९ फागुन, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारविगत २४ घण्टामा ५ हजार २ सय २५ जनाको पीसीआर गर्दा जम्मा २ सय ४७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै, यो अवधिमा २ हजार ९ सय १५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा जम्मा १ सय ४१ जनामा एन्टिजेन संक्रमण देखिएको छ ।
त्यसैगरी, बितेको २४ घण्टामा १ हजार २ सय ५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ ।

त्यसैगरी, हाल नेपालमा ११ हजार २ सय ८२ कोरोना संक्रमित उपचाररत रहेको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।