सिकार खेल्न गएको युवकको बन्दुक पड्किएर मृत्यु
९ फागुन, सिन्धुली । भरुवा बन्दुक पड्किएर एक जनाको मृत्यु भएको छ ।
सिकार खेल्न जंगलमा गएका सिन्धुलीको तीनपाटन गाउँपालिका वडा ९ बोकेलप्सीका २२ वर्षीय दिलबहादुर क्याप्छाकीको मुत्यु भएको प्रहरीले जनाएको छ ।
घर नजिकैको जंगलमा सिकार खेल्न गएका उनले नै बोकेको बन्दुक पड्किदाँ मृत्यु भएको हो वा अरुले प्रहार गर्दा मृत्यु भएको भन्नेबारे यकिन हाल नभएको सिन्धुली प्रहरीका डिएसपी मनोजकुमार लामाले जानकारी दिए ।
शव पोष्टमार्टमका लागि पठाइएको छ । घटनाबारे अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।






