कैलालीमा ट्रक दुर्घटना हुँदा १२ जना घाइते
९ फागुन, कैलाली । कैलालीको गौरीगंगा नगरपालिकामा ट्रक दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
गौरीगंगा नगरपालिका १० गणेश सामुदायिक वनस्थित हसुलिया बडैपुर सडकखण्डमा हसुलियाबाट धनगढी आउँदै गरेको सुपप्र ०१००१ क २०२७ नम्बरको मिनीट्रक आइतबार बेलुकी पल्टिँदा १२ जना घाइते भएको प्रहरीले जनाएको छ ।
ट्रक दुर्घटनामा परेर घाइते भएका उनीहरुलाई उपचारका लागि सौगात मेडिकल हल मसुरियामा भर्ना गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिए ।
घाइते भएका १२ जनामध्ये ५ जनाको अवस्था गम्भीर भएकोले सो अस्पतालमा उपचार सम्भव नहुँदा थप उपचारका लागि धनगढीस्थित निसर्ग अस्पतालमा रिफर गरिएको हो ।
मदिरा सेवन गरेको कारण ट्रक अनियन्त्रीत भई दुर्घटना भएकोले चालकलाई हिरासतमा लिई घटनाबारे अनुसनधान भइरहेको ईलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ ।






