चोरिएको मोटरसाइकलसहित कोटेश्वरबाट एक जना पक्राउ
८ फागुन, रौतहट । चोरिएको मोटरसाइकलसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौँ महानगरपालिका १० नयाँ बानेश्वर स्थायी घर भई कोटेश्वर बस्दै आएका २१ वर्षीय पुल्कित ठकुरीलाई हिरासतमा लिएको महानगरीय प्रहरीले जनाएको छ ।
उनको साथबाट प्रहरीले बा ९२ प ३८ नं. को ३५० सीसीको बुलेट बाइक, १५० सीसीको नीलो रङको पल्सर मोटरसाइकल र कालो रङको एभेन्जर मोटरसाइकल बरामद गरेको छ ।
चोरिएको तीन वटा मोटरसाइकलसहित पक्राउ परेका उनीमाथि यसबारे अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।






